काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।
उनले किन राजीनामा दिए त्यस बारे पूर्ण विवरण बाहिर आएको छैन । विमानस्थलमा केही दिन अगाडी प्रहरी र अध्यागमन कार्यालयका अधिकृतबीच विवाद भएको थियो । उक्त विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।




प्रतिक्रिया