सहायक सेनानीमा बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

सहायक सेनानीमा बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनामा साधारण सेवा तर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरूलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार जङ्गीअड्डामा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुला, २० प्रतिशत आन्तरिक र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुवेदार/सुवेदार ३२ जनामध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ९ जनाबाहेक २३ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रधानसेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएका पदिकहरूलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । समारोहमा रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतका परिवारजनको उपस्थिति थियो ।

लामो समय सेनामा रहेर योगदान पुर्‍याएका एवं अनुभवी पदिकहरूको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्तिविकासमा राम्रो अवसर सिर्जना गरेको जनाइएको छ ।