कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा कङ्गोमा शान्ति स्थापना कार्यका लागि तैनाथ मिसनमा बदलीबदली भएको छ ।

मिसनमा सहभागी नरसिंहदल गण (शान्ति सेना) २९औं डफ्फा, नम्बर २६ फिल्ड गुल्म (शान्ति सेना) २६औं डफ्फा र क्वीक रिएक्सन फोर्स कम्पनी (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३०औं डफ्फा, नम्बर २७ फिल्ड गुल्म (शान्ति सेना) २७औं डफ्फा र केवलजंग गुल्म क्वीक रिएक्सन फोर्स कम्पनी (शान्ति सेना) तेस्रो डफ्फाका कूल १८१ जना नेपाली शान्ति सैनिकहरू सेनानी ध्रुवकुमार श्रेष्ठको नेतृत्वमा यूएनको चार्टर्ड फ्लाइटमार्फत आज मंगलबार काठमाण्डुबाट मिसन ईलाका प्रस्थान गरेका छन् ।

मिसनअन्तर्गत विभिन्न युनिटहरूमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका १८६ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी शान्तकुमार कार्कीको नेतृत्वमा आज मंगलबारै स्वदेश फर्किएका छन् ।

हाल मिसन अन्तर्गत विभिन्न युनिटहरूमा र स्टाफ तथा सैनिक पर्यवेक्षकको नियुक्तिमा नेपाली सेनाका १ हजार १५३ जना शान्ति सैनिकहरू कार्यरत छन् ।