काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्राधिकरणको अध्यक्ष नियुक्तिको दरखास्त आह्वान गर्दा कानून, लेखापरीक्षण तथा व्यवस्थापन क्षेत्रका व्यक्तिलाई पाखा लगाउने उद्देश्य राखी सरकारी वा संस्थानको राजपत्रांकित प्रथम श्रेणी दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको व्यक्ति मात्र योग्य हुने व्यवस्था राखिएको भन्दै अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा रिट दायर गरेकोमा अदालतले अन्तरिम आदेश दिएन ।




प्रतिक्रिया