पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–६ मा आज मंगलबार भएको जीप दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेलाई बुटवल अस्पताल पुर्‍याइएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस हुँदै शीखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।