कुवेतविरुद्ध नेपाली बलर सीता रानामगरको ह्याट्रिक

कुवेतविरुद्ध नेपाली बलर सीता रानामगरको ह्याट्रिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् ।

उनले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियादा मुरालीको विकेट लिइन् । त्यसपछि १२.३ ओभरमा उनले कुवेतकी मारयम ओमरलाई आउट गरिन् । १२.४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन् ।