कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – राजदेवी नगरपालिका–७ मुडवल्वा बस्ने २२ वर्षीय तेजनारायण ठाकुरको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गौर प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।