काठमाण्डु- सिरहाको लहानमा भ्यालेन्टाइन डे मनाउन भनी कोठामा बोलाएर एक किशोरले नाबालिगलाई बलात्कार गरेका छन् ।
लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन्।
आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ। पिडित परिवारले राति १२ बजेतिर घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपी किशोरलाई नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए।
बलात्कृत किशोरीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। बलात्कृत किशोरी अत्यधिक रक्तश्राव भएर बेहोस भएपछि उनलाई आफन्तले बुधबार साँझ प्रादेशिक अस्पताल लहान लगेको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ।




प्रतिक्रिया