बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बझाङको थलारा गाउँपालिकास्थित पाराकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा पाराकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।