काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ कालिकोटस्थित सडकमा गाछेपानीबाट चिसापानीतर्फ जाँदै गरेको ग१त २५३२ नम्बरको ट्रयाक्टर शुक्रबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी बस्ने २४ वर्षीय सोमबहादुर परियारको घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट सिल्लिबजारस्थित सडकमा बा२क ४५०७ नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट करीब १५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक महोत्तरीको बर्दिबास नगरपालिका–४ गौरीडाँडा घर भएका ५० वर्षीय जयबहादुर माझीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया