बचतकर्ताको सवा अर्ब हिनामिना गर्ने सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

बचतकर्ताको सवा अर्ब हिनामिना गर्ने सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सहकारी बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन् ।

बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ऋण दिएको पाइएको छ।

संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई सम्पर्कविहीन छन्। सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको पाइएको छ।