काठमाण्डु – ललितपुरको बागमती गाउँपालिका–३ पाङदुर गहिरा खोला सडकमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
काठमाण्डुबाट मकवानपुरतर्फ जाँदै गरेको बा२च ८२६९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट करीब २०० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक काठमाण्डु महानगरपालिका–४ बालुवाटार बस्ने ५९ वर्षीय राजिब सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया