सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई क्रान्तिकारीले दल्यो कालोमोसो

सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई क्रान्तिकारीले दल्यो कालोमोसो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोहन वैद्यनिकट अनेरास्ववियू क्रान्तिकारीका नेताहरूले कालोमोसो दलेका छन् ।

आज आईतबार उपाध्यक्ष अधिकारीको कार्यकक्षमै गएर कालोमोसो दलिएको छ ।

अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको लगायत आरोप लगाइएको छ । सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा–बढुवा लगायतमा व्यापक अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार भएको क्रान्तिकारीको आरोप छ ।

कर्मचारीको वृद्धि विकासमा विभेद गर्ने, अन्य आन्तरिक क्रियाकलापमा जता पनि जेमा पनि राजनीतिक रंग घुसाउने र भाग माग्ने गरेको आरोप छ ।

उपाध्यक्ष अधिकारीको आर्थिक, सांस्कृतिक, सामाजिक र चारित्रिक विषयमा पनि प्रश्न उठाइएको छ । क्रान्तिकारी आन्दोलनविरुद्ध राज्यशक्ति दुरुपयोग गर्दै तथानाम लेख्ने बोल्ने र मानमर्दन गर्ने गरेको क्रान्तिकारीको आरोप छ ।