सांसद विनोद चौधरी स्वदेश फिर्ता, सीआईबीले अनुसन्धान अगाडि बढाउँला ?

सांसद विनोद चौधरी स्वदेश फिर्ता, सीआईबीले अनुसन्धान अगाडि बढाउँला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयानका लागि बोलाउने तयारी गरेपछि भारत गएका सांसद विनोद चौधरी आज सोमबार भिस्टारा एयरलाइन्सबाट स्वदेश फर्किएका छन् ।

बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा सीआईबीले अनुसन्धानका लागि सांसद चौधरीलाई बोलाउने तयारी गरेको थियो । उनका भाइ अरुण चौधरीलाई सीआईबीले पक्राउ नै गरेको थियो ।

भारतमा रहँदा सांसद चौधरीले उच्चस्तरीय भेटघाट गर्न खोजे पनि समय नपाएको स्रोतको दाबी छ । उनी भारतीय राज्यसत्तामार्फत जग्गा घोटालाको मुद्दा प्रभावित गर्न भारत गए पनि उच्चस्तरीय भेटघाट हुन नपाएको स्रोतले जनाएको छ ।

उनी माघ २४ गते भारत गएका थिए । त्यसैदिन उनका भाइ अरुण अदालतको आदेशअनुसार रिहा भएका थिए ।

अनुसन्धानका क्रममा बाँसबारीको छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोप लागेको च्याम्पियन फूटवेयर कम्पनीमा त्यो बेला कांग्रेसका सांसद समेत रहेका अर्बपति विनोद चौधरीको समेत अरुणसरह नै शेयर हिस्सा रहेकाले उनलाई पनि बयानमा बोलाउने सीआईबीको तयारी थियो । बयानका लागि सीआईबीले बोलाउने तयारी गरिरहेका बेला उनी दिल्लीतिर लागेका थिए । आफूमाथिको अनुसन्धान रोक्न उनले विभिन्न शक्तिकेन्द्रबाट दबाब दिइरहेको सीआईबी स्रोतले बताएको थियो ।

चौधरीको नाममा २०० कित्ता शेयर देखिएपछि सीआईबीले उनीसँग बयान लिने तयारी थालेको थियो । अब सीआईबीले सांसद विनोद चौधरीमाथि अनुसन्धान अगाडि बढाउँला ? हेर्न बाँकी छ ।