देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा

देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- देशभरका लघुवित्त पीडितहरू काठमाण्डु आइपुगेका छन्। उनीहरूले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौँ प्रवेश गरेका हुन्।

काठमाण्डुमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए। उनले लघुवित्तीय संस्थाहरूले ऋणीसँग चर्को ब्याज असुलेको बताए।

उनले भने, ‘लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबारविहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन्। पीडितलाई बढी दबाब दिएकाले आन्दोलन गरेका हौँ।’

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले बुधवारदेखि काठमाडौँ लक्षित आन्दोलन गर्ने बताएको छ।