काठमाण्डु- काठमाण्डुको स्वयम्भूमा तीन जनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर-६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ।
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।
घरेलु हातहतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न महिलाकै श्रीमान् रहेको बुझिएको छ। ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका छन् ।
घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । राजुले आफ्नी श्रीमती र दुई वटा छोरीको हत्या गरे आफूले आत्महत्या गरेको बुझिएको छ ।




प्रतिक्रिया