ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रौतहट जिल्लाको गढिमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर २ जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार ट्रयाक्टर दुर्घटनामा चालक रौतहटको गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनी मृत्यु भएको हो ।

दुर्घटनामा परेका दुवैलाई उपचारका लागि सिटी अस्पताल गरुडा लैजाँदा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका छन् ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।