काठमाण्डु- कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराका स्थानीय तहहरुमध्ये आलिताल गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कन गरी अङ्क प्रदान गरि सार्वजनिक गरेको तालिकामा डडेल्धुरामा पर्ने पालिका मध्ये सबै भन्दा कम अंक आलिताल गाउँपालिकाले पाएको हो ।
जसअनुसार आलिताल गाउपालिकाले २१.७४ अंक पाएको छ । यस गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की हुन् । त्यसैगरी अमरगढी नगरपालिकाका डडेल्धुराका नगरपालिका र गाउँपालिका मध्ये सबैभन्दा उत्कृष्ट भएको छ । अमरगढीले ४८.९९ अंक पाएको छ । डडेल्धुरामा सात वटा पालिका पर्छन । जसमध्ये दुई नगरपालिका र पाँच गाउँपालिका छन् । यी सात पालिका मध्ये आलिताल गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा निकै कमजोर देखिएको छ ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार अमरगढी नगरपालिकाले ४८.९९ प्रतिशत अङ्क प्राप्त गरेको छ। यस्तै डडेल्धुरा जिल्लामा भने गन्यापधुरा गाउँपालिका दोस्रो स्थानमा छ। उसले ४१.९१ अंक पाएको छ। यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाकाले ३४.६०. अजयमेरु गाउँपालिकाले २८.७४, भागेश्वर गाउँपालिकाले ३६.४८, परशुराम नगरपालिकाले ३८.२८, आलिताल गाउँपालिकाले २१.७४ प्रतिशत अंक पाएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ।




प्रतिक्रिया