काठमाण्डु – जिल्ला अदालत काठमाण्डुको फैसलाविरुद्ध पुनरावेदनका लागि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।
अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै लामिछाने पुनरावेदनका लागि बिहीबार उच्च अदालत पुगेका छन् ।
जिल्ला अदालत काठमाण्डुले जबरजस्ती करणी मुद्दामा उनलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्नेसहित कैद सजाय हुने फैसला गरेको थियो ।
बलात्कार गरेको आरोपमा गौशाला–२६ ले गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएपछि लामिछाने दोषी ठहर भएका छन् ।




प्रतिक्रिया