काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुनसहित एक जना पक्राउ परेका छन् । करिब एक किलो सुनसहित भारतीय नागरिक मोहमद जेसनलाई प्रहरीले पक्राउ गरेको हो ।
पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा उनलाई पक्राउ गरेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले बताए । दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।




प्रतिक्रिया