काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन उपाध्यक्ष सौमति रावल ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनीयर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्ष समेत ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अदानचुल–३ ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ योजनामा अनियमितता गरेको उजुरी परेपछि आयोगले अनुसन्धान गर्दा ४२ लाख २९ हजार ३५८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएपछि मुद्दा दायर गरिएको हो ।
उपप्रमुख रावल, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमटाले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविकभन्दा बढी काम सम्पन्न भएको भनेर गलत प्रतिवेदन पेश गरेर भ्रष्टाचार गरेको भन्दै जरिवाना तथा कैद सजायको माग गरिएको छ ।




प्रतिक्रिया