काठमाण्डु – देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाण्डुको तार्केश्वर नगरपालिका–६ धर्मस्थली तिमिल्सिना टोलस्थित बाटोमा काभ्रे घर भएका ४८ वर्षीय श्याम तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे बस्ने ७१ वर्षीय बाबुकाजी मानन्धर महाबिरचुली भीरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभाको खाँदबारी नगरपालिका–७ डेरा गरी बस्ने सिलिचोङ गाउँपालिका–२ घर भएकी २६ वर्षीया विना राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
रूपन्देहीको मायादेवी गाउँपालिका–५ गोनाह बस्ने ६५ वर्षीय धनराज हरिजन ६ नम्बर वडाको खजुरियास्थित गहुँबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उनीहरूको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया