काठमाण्डु – पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–७ बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा कैलीलीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायको ज्यान गएको हो ।
वडा प्रहरी कार्यालय बैदामका अनुसार हल्लन चोकबाट जिरोकिलोमिटरतर्फ गुडिरहेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा मोटरसाइकलमा सवार आचार्य र उपाध्याय घाइते भएकामा उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।




प्रतिक्रिया