काठमाण्डु- शालीन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट खुलेको छ । चितवनको रत्ननगर १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा मृत भेटिएकी पोखरेलको बलात्कार नभएको त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमबाट खुलेको हो ।
त्रिवि शिक्षण अस्पतालले गरेको पोस्टमार्टको रिपोर्ट हेर्दा शालीनको मृत्यु प्रकरणमा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बताएको छ । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । यसले आत्महत्यातर्फ संकेत गर्छ ।
फागुन १२ गते कक्षा ८ मा अध्ययनरत एक छात्रा शालीन मृत अवस्थामा भेटिएकी थिइन् । यो घटनामा सालिनको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुन्ड्याइएको हो भन्ने परिवारको दाबी छ । तीनतले भवन रहेको स्कुलको तेस्रो तलामा छात्रावास थियो । शालीन दुई वर्षयता त्यही पढ्दै आएकी थिइन् । त्यही झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
शालीनका परिवारले आत्महत्या नभइ बलात्कार गरेर झुन्ड्याइएको दावी गरेपछि सामाजिक सञ्जालमा पनि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलदेखि प्रतिपक्षी दलहरुले घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।




प्रतिक्रिया