सिँचाइ आयोजनामा अनियमितता गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिँचाइ आयोजनामा अनियमितता गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुस्थित तन्दावाडा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरी राज्यलाई हानिनोक्सानी पुर्‍याएको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनीयर देवीप्रसाद पाण्डे, सिँचाइ आयोजना (सीआईपी) का इन्जिनीयर महेशसिंह कठायतसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सबइन्जिनीयर भीमबहादुर रोकाया, साबिकको कालै गाविसमा प्राविधिक पदमा कार्यरत रही सीआईपीमा खटिएका सर्जनबहादुर शाही, सोरु गाउँपालिका–९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगी, कालै गाविसका सचिव नव गिरी, तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोगबहादुर शाही, सचिव बैदेवी शाही र कोषाध्यक्ष रूपा भनिने रत्न रूपा शाहीविरुद्ध अख्तियारले मुद्दा लगाएको छ ।

सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढाथापाविरुद्ध मुद्दा दायर भएको छ ।

काम सम्पन्न नहुँदै गलत प्राविधिक मूल्यांकन प्रतिवेदन तयार गरी नभएको कामको समेत पहिलो, दोस्रो र अन्तिम रनिङ बिल प्रमाणित गरी उपभोक्ता समितिलाई वास्तविक कामको रकमभन्दा २६ लाख ८२ हजार रुपैयाँ बढी भुक्तानी दिएको पुष्टि भएको अख्तियारको ठहर छ ।