पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – जिल्लाको बोदेबर्साईन नगरपालिका–१ धनगढी टोलमा पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रमोदकुमार साहकी छोरी ४ वर्षीया रितिकाकुमारी साहको सार्वजनिक पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।