दाङ – लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमि लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर शिखर सम्मेलन स्थगत भएको छ ।
आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष कारणवश शिखर सम्मेलन स्थगन गर्ने निर्णय गरेको छ ।
अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणवश स्थगन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।




प्रतिक्रिया