बित्थडचिर-८ का गणेश अवस्थी च्याउ खेतीमा रमाउदैँ

बित्थडचिर-८ का गणेश अवस्थी च्याउ खेतीमा रमाउदैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बझाङ जिल्लाको बित्थडचिर गाउँपालिकाका गणेश अवस्थी (सुनिल) च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । बित्थडचिर गाउँपालिका ८ का अवस्थीले करिब दुई लाखभन्दा बढी लगानी गरेर कन्ने जातको च्याउ खेती गर्न थालेका हुन् ।

आफूले व्यावसायिक रुपमा च्याउ खेती गर्न थालेपछि अन्य किसानहरु पनि विस्तारै यसतर्फी आकर्षित हुने अवस्थी बताउँछन् । परम्परागत खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन समस्या हुने भएकाले च्याउ खेतीबाट प्रशस्त आम्दानी हुने अपेक्षा गरेको उनको भनाइ छ ।

‘मैले च्याउ खेतीको सुरुवात गरेको छु । एक महिना जति भयो गर्न थालेको । सुरुवामा च्याउ खेती गर्छुभन्दा कसैले विश्वास गरेनन् । अहिले मैले बास तथा फलामको फार्म बनाएर १३० प्याकेटमा च्याउ खेती गरेरहेको छु । मलाई आशा छ राम्रै आम्दानी हुनेछ । परम्परागत खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन समस्या हुनुका साथै फाइदा पनि केही हुँदैन । अब यो च्याउ खेतीले आम्दानी गर्नुका साथै अन्य किसानलाई पनि यसतर्फ आकर्षित गर्नेछ ।’, उनले भने ।

नेपालमा कन्ये जातको च्याउ बढी लोकप्रिय भएको मानिन्छ। कन्ये च्याउ लाई वैज्ञानिक भाषामा प्लुरोटस मसरूम पनि भन्ने गरिन्छ। नेपालमा च्याउका विभिन्न जातहरु मध्य कन्ये च्याउ छिटो, छरितो,र धेरै पटक सम्म उत्पादन गर्न सकिने र यसले थोरै लगानीमा नै राम्रो आम्दानी दिने भएका कारण व्यवसायीक रूपमा बढी फस्टाएको मानिन्छ। कन्ये च्याउका लागि उत्तम वातावरण आवश्यक पर्ने भएका कारण यसलाई २० देखि ३० डिग्री सेल्सीयस को तापक्रम मा उत्पादन गर्नुपर्ने हुन्छ।