कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन

कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ। ६० वर्षीय महर्जन क्यान्सरबाट पीडित थिए। उनको गएराति आफ्नै निवासमा निधन नगरप्रमुख राजकुमार नकर्मीले जनाकारी दिए।

वडाध्यक्ष महर्जनको पार्थिव शरीर अहिले कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। महर्जन २०७९ को पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए। उनको निधनमा आज नगरपालिकाले शोक बिदा दिएको छ।