बाँके – नेपालगञ्ज उपमहानगरपालिका–१ स्थितबाट स्रोत नखुलेको ३८ लाख ६३ हजार नेपाली रूपैयाँसहित ३ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दियाको राजापुर नगरपालिका–१ बस्ने २० वर्षीय अनुप थारू, बर्दियाको बारबर्दिया नगरपालिका–२ बस्ने २५ वर्षीया पूर्णिमा चौधरी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ बस्ने ३६ वर्षीय सहिब अहमद जसगड रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगदसहित पक्राउ गरेको छ ।
बरामद नगद सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया