काठमाण्डु- धरानबाट भोजपुर जादैँ गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार १ ज २५९३ नम्बरको जिप उदयपुरको बेलका ७ मैनामनीस्थित चेङ्ग्रे भन्ने स्थानमा दुर्घटना हुँदा घटना स्थलमै ६ जनाको मृत्यु भएको हो ।
त्यस्तै उक्त दुर्घटनामा परि ७ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
बिहान साढे १० बजेतिर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया