संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामति सेवा विधेयक २०८० पेश भएको छ।  बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् ।

उक्त विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो । प्रतिनिधिसभामा पेश गर्नु अघि मन्त्री जोशीले बुधवार संघीय मन्त्रालयमा विधेयको सन्दर्भमा संघीय सचिव विनोद प्रकाश सिंहसहित सम्बन्धित महाशाखाका कर्मचारीसँग मन्त्रालयमै बैठक राखेर लामो छलफल गरेका थिए ।

प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरुले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरुको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।