काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन
राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी बनाउन पहल गरिरहेका थिए ।
प्रदेशले योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो । समितिकै सिफारिसका आधारमा प्रदेश सरकारले फागुन २३ गतेको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया