उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता

उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादीलगायतका दलले दर्ताको निवेदन दिएका छन् ।
रास्वपाले भने प्रतिनिधिसभामा मात्रै दल दर्ताका लागि निवेदन दिएको छ । जसकारण प्रदेशतर्फ १९ निवेदन परेको हो । आगामी १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदै छ ।