बडीगार्डलाई तत्काल थुनामुक्त गर्न दुर्गा प्रसाईंको माग, भोलि सर्वाेच्चमा सुनुवाइ हुने

बडीगार्डलाई तत्काल थुनामुक्त गर्न दुर्गा प्रसाईंको माग, भोलि सर्वाेच्चमा सुनुवाइ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डहरू पक्राउ परेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका छन् ।

सोमबार हतियारसहित सर्वोच्च अदालत प्रवेश गरेका प्रसाईंका दुवै बडीगार्डलाई तत्काल रिहा गर्नुपर्ने माग गरिएको छ । बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतमा रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि भोलि बुधबार पेशी तोकिएको छ ।

इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पक्राउ गरिएको भन्दै तत्काल थुनामुक्त गर्न माग गरिएको छ ।