काठमाण्डु – चितवन र सिन्धुपाल्चोकमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क गौरेश्वर मन्दिर पछाडि नारायणी नदीमा धादिङ घर बताउने नरेश अधिकारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ कल्लेरी बस्ने ४० वर्षीय वीरबहादुर विक झोलुङे ब्रम्मायणी नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला परेको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया