काठमाण्डु- प्रि-मनसुन सुरु भएसँगै देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । आज बागमती, कोशी र गण्डकी प्रदेशलगायत पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा झरि परेको हो ।
बिहानदेखि नै परेको पानीले जनजीवन प्रभावित भएको छ। मौसमविद्का अनुसार भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली भइरहेको हो। जसअनुसार आगामि शुक्रवार दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेश र मधेश प्रदेशमा वर्षा र बदली भइरहेनेछ ।
दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।




प्रतिक्रिया