जीबी राईविरुद्ध संसदीय समितिमा सूर्यदर्शनका पीडितको उजुरी

जीबी राईविरुद्ध संसदीय समितिमा सूर्यदर्शनका पीडितको उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताहरूले उजुरी दिएका छन्।

विहीवार कास्कीबाट काठमाण्डु आएका ७ जना पीडितले समितिका सभापति रामहरि खतिवडासमक्ष ध्यानाकर्षणसहित उजुरी बुझाएका हुन्। उनीहरूले उक्त सहकारीका सञ्चालक जीबी राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न माग समेत गरेका छन्।

‘सडकदेखि सदनसम्म, डिफ्युजनदेखि रेड नोटिससम्म आइपुग्दा पनि यस सूर्यदर्शन सहकारीका अन्य १४ जना प्रतिवादी पक्राउ पर्न सकेका छैनन्। यिनीहरूलाई हाम्रो कुन राज्य व्यवस्थाले संरक्षण दिइराखेको छ?’, मागपत्रमा भनिएको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा सभापति खतिवडासमक्ष पीडितहरूले आफ्ना मागहरू पढेर सुनाएका थिए।