काठमाण्डु – हुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
आज शनिबार अपराह्न ४ बजे अदानचुली गाउँपालिका–४ पान्समा जीप दुर्घटना भएको जनाइएको छ ।
श्रीनगरबाट काठे जाने क्रममा सु–१–०१–००१ ज ११८३ को जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ बारीगाउँ प्रवेश ऐडी र फागुने लोहार छन् ।
दुर्घटनामा ५ जना गम्भीर घाइते भएका जनाइएको छ । गम्भीर घाइते हुनेमा चालक दार्चुलाका जनक ठगुन्ना, हुम्लाका धनबहादुर महतरा, ६० वर्षीय तुला टमाटा, ४५ वर्षीय दल बोहरा र रामबहादुर एडी रहेका छन् । अदानचुली गाउँपालिकाकै ३८ वर्षीय चैती बुढा र खगेन्द्र टमाटा सामान्य घाइते छन् ।
घाइतेहरूको हुम्लाको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको इन्स्पेक्टर चन्दले बताए ।




प्रतिक्रिया