धनगढीबाट काठमाण्डु उडेको श्री एयरको विमान २ घण्टा २२ मिनेटपछि भैरहवामा अवतरण

धनगढीबाट काठमाण्डु उडेको श्री एयरको विमान २ घण्टा २२ मिनेटपछि भैरहवामा अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धनगढीबाट काठमाण्डुका लागि उडेको श्री एयरलाइन्सको जहाज २ घण्टा २२ मिनेटपछि भैरहवामा अवतरण भएको छ ।

धनगढीबाट ७ः२२ बजे उडेको विमान मौसम खराबीका कारण काठमाण्डुबाट फर्किएर भैरहवामा आपतकालीन अवतरण भएको छ ।

धनगढीदेखि काठमाण्डुको उडान समय ५० मिनेट भए पनि जहाज अवतरण गर्ने प्रयास असफल भएपछि फेरि भैरहवा पुगेर अवतरण गरिएको छ ।

काठमाण्डुको मौसम एकाएक बिग्रेपछि जहाज भैरहवा पुर्‍याइएकोे श्री एयरका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए ।