विदेशीलाई नागरिकता दिने २ अधिकृतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

विदेशीलाई नागरिकता दिने २ अधिकृतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता दिएको अभियोगमा हिरासतमा रहेका २ अधिकृतसहित ३ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत धुलिखेलमा शुक्रबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाण्डु महानगरपालिका–४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले बताए ।

अदालतले राजुका बुवा हरिभक्त गुरुङका नाममा पक्राउ पुर्जी जारी गरेको छ । खरेल तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अधिकृत थिए भने अर्याल सुब्बा थिए ।

यसअघि गुरुङ बुवाछोरा हङकङ बस्दै आएका थिए । राजु गुरुङले अमेरिका जाने प्रयोजनका लागि काठमाण्डुबाट लिएको सक्कली नागरिकताका साथै काभ्रेपलाञ्चोकबाट नागरिकता र राहदानी खरिद गरेको अनुसन्धानको क्रममा खेलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।