काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूसँग गृहमन्त्री रवि लामिछानेले तस्करको फोटो सार्वजनिक नगर्नु भन्दै आग्रह गरेको बताएका छन् ।
आइतवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले गृहमन्त्री लामिछानेले तस्करहरुको फोटो सार्वजनिक नगर्न आग्रह गरेपछि आफूले सार्वजनिक गरेरै छाड्ने बताएका हुन् ।
‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनुभएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको । यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’, उनले भने ।
उनले आफूले प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर देखाउन पनि गृहमन्त्रीलाई चुनौती दिए । त्यस्तै उनले राज्य अहिले आफ्नो हतियारमा भुलेको बताएका छन् । उनले सर्वोच्च अदालत परिसरबाट आफ्नो अंगरक्षकलाई प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरेको विषय सर्वोच्चको आदेशबाटै पुष्टि भएको प्रतिक्रिया दिएका छन् ।




प्रतिक्रिया