माओवादी प्रदेश कमिटीबाट बझाङमा जनक बुढालाई उम्मेदवार बनाउन सिफारिश

माओवादी प्रदेश कमिटीबाट बझाङमा जनक बुढालाई उम्मेदवार बनाउन सिफारिश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीले बझाङ प्रदेश सभा-१ को उपनिर्वाचनमा प्रदेश कमिटी सचिव जनकबहादुर बुढालाई उम्मेदवार बनाउन सिफारिश गरेको छ।

सुदूरपश्चिम प्रदेश कमिटीले अगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा बुढालाई उम्मेदवार बनाउन केन्द्रीय कमिटीलाई सिफारिश गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रका प्रदेश कमिटी सचिव रहेका बुढा २०५६ सालमा अखिल क्रान्तिकारी हुँदै पार्टी राजनीतिमा आएका थिए। २०७० सालको दोस्रो संविधान सभा सदस्य रहेका बुढाले बझाङ जिल्ला अध्यक्ष र इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन्।