काठमाण्डु – श्रीमतीलाई बलात्कार गरेको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशहरू हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको छ ।
जिल्ला अदालत काठमाण्डु र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थिए । न्यायाधीश गिरीकी श्रीमतीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले वैवाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गरेकोमा सर्वाेच्चले आदेश उल्ट्याइदिएको छ ।
बलात्कार मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा छन् ।




प्रतिक्रिया