अर्घाखाँची – जिल्लाको सितगंगा नगरपालिका–१४ करेचुलीस्थित सडकमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
लु२च ७९३२ नम्बरको जीपले लु६प ७९३१ नम्बरको मोटरसाइकललाई आज बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ बकुली बस्ने २८ वर्षीय नियाज मुसलमानको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका जीप चालकको एडमण्ड सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया