काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरिएको निष्कर्ष निकाल्दैँ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीवार अख्तियारले दुईवटा वाइडवडी विमान खरिदको क्रममा १ अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकारसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । वाइडबडी खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको अख्तियारको दाबी गरेको छ ।
प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा बिहीवार बसेको अख्तियारको बैठकले अनुसन्धान अधिकृतको प्रतिवेदनअनुसार मुद्दा चलाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर दायर गरिएको छ ।




प्रतिक्रिया