सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश

सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश गरेको छ ।

आज शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएको छ ।

मुद्दामा अदालतले झगडिया झिकाउन आदेश दिएपछि मुद्दा पुनरावलोकनको प्रक्रिया सुरु भएको छ । मुद्दाको अर्को पेशी वैशाख ३ गतेका लागि तोकिएको जनाइएको छ ।