काठमाण्डु- बारामा डियुटीमा रहेका एक ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु भएको छ।
शुक्रबार राति सवा ९ बजे जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको हो ।
काठमाण्डुबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले बताए ।
चेकिङमा खटिएको बेला बसले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए । उनलाई तुरुन्तै उपचारको लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा राति नै उनको मृत्यु भएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।




प्रतिक्रिया