काठमाण्डु – बर्खायाममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाण्डु महानगरपालिकाले ‘विशेष सरसफाइ’बाट पूर्व तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् ।
शनिबार वडा नम्बर २६ को ठमेल क्षेत्रमा गरिएको विशेष सरसफाइका क्रममा उनले
सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन व्रुमरको प्रयोग गरिएको थियो । सडक पखाल्न जेट मशिनको प्रयोग गरिएको थियो ।
सहभागीहरूले धुलो बढार्ने, पैदल यात्रुले फालेका वस्तु टिप्ने, सतह ढल सफा गरेर माटो निकाल्ने लगायत क्रियाकलाप गरेका थिए ।
वडा कार्यालय, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था, क्लब तथा संघसंस्था र स्थानीयको सहभागितामा सञ्चालन हुने सरसफाइबाट डुबान घटाउन, डेंगु लगायत संक्रमण घटाउन मद्दत हुनेछ । उनले भने, ‘हामीले सम्भावित जोखिमको पूर्वानुमान गरेका छौं । यो जोखिमप्रति सर्वसाधारण सबैलाई सचेत गराउनुपर्छ । यो दायित्व पूरा गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौं । यो कार्यक्रमलाई अपनत्व ग्रहण गरेर साझेदार र सर्वसाधारणको स्वतःस्फूर्त सहभागिताको अपेक्षा गरेका छौं ।’
वडा नम्बर २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले नियमितसँगै विशेष सरसफाइका कार्यक्रम चलाएर वडा क्षेत्रलाई सुन्दर बनाउन काम गरिने बताए । ‘यो ठमेल लगायतका पर्यटकीय स्थल, गोंगबु आवास क्षेत्रजस्ता आवासीय क्षेत्र, नयाँ बसपार्क जस्ता बाह्य सम्पर्कको पहिलो स्थान भएको वडा हो । वडा क्षेत्रलाई सुन्दर बनाउन नियमित कार्यक्रमसँगै नागरिक सहभागिता चाहिएको छ । यसको संयोजनका लागि काम गरिरहेका छौं,’ उनले भने ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवी शर्माका अनुसार सञ्चय कोषबाट सुरु भएको सरसफाइ र सचेतनामूलक कार्यक्रम ज्याठा, क्वाबहाल, क्षेत्रपाटी, चाक्सीबारी, पर्यटन मार्ग, सातघुम्ती, भगवती मार्ग हुँदै सुरु भएकै विन्दूमा आएर समापन भएको छ । साइड ड्रेनमा भएको करीब ४ रिक्सा माटो निकालिएको थियो ।
सफाइ कार्यक्रममा सहभागी हुनुलाई नागरिकले दायित्व मान्नुपर्ने सफाइमा संलग्न अधिकारीहरूले प्रतिक्रिया दिए ।




प्रतिक्रिया