काठमाण्डु- वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापा मारेको छ ।
सोमवार प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारेपछि दुई जना पक्राउ परेका हुन् । मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसेन र ल्याब प्रमुख सञ्जय साह पक्राउ परेका छन् ।
छापाका क्रममा प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद गरिएको छ । प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापा मारेको जनाइएको छ ।




प्रतिक्रिया